Categories समाचार

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार भ्रष्टाचारको अखडा

Advertisement

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार ‘भ्रष्टाचारको अखडा बनेको’ एक बहालवाला सचिवले नै खुलासा गरेका छन् ।

सरकारकै वरिष्ठ सचिवले ‘सिंहदरबारका अधिकांश मन्त्रालय भ्रष्टाचारको अखडा बन्दासमेत रोक्न कसैले पहल नगरेकाले राजीनामा दिएर निजामती सेवाबाटै बाहिरिउँजस्तो लाग्न थालेको’ बताउँदै यस्तो खुलासा गरेका हुन् ।

Advertisement

अस्ति बिहीबार सिंहदरबारस्थित उनकै कार्यकक्षमा ती सचिवले भने, ‘बिनापैसा कुनै पनि फाइल अघि नबढ्ने अवस्था छ, आफ्नै आँखाले त्यस्तो दृश्य देख्नुपर्दा चिन्ता लाग्छ ।’ बहालवाला सचिवमध्ये तुलानात्मक रूपमा ‘इमानदार’ मानिने ती कर्मचारीमा नैराश्यता छाएकोसमेत देखियो ।

Advertisement

कुराकानीका क्रममा उनले निधार खुम्च्याउँदै ‘अधिकांश मन्त्री, सचिव तथा उच्चपदस्थ मुलुक सुधारका लागि भन्दा आफ्नै स्वार्थ सेक्ने काममा लागेका र देश अझै बर्बादीतर्फ जान सक्ने’ भन्दै चिन्ता व्यक्त गरे । ‘अहिले कसैलाई कसैको डर छैन, न प्रधानमन्त्रीसँग मन्त्री डराउँछन, न त मन्त्रीसँग सचिव नै डराउँछन्,’ उनले थपे, ‘जसरी हुन्छ, पैसा कमाउने विषयमा सबैको मिलिमतो र नेक्सस छ ।’

ती सचिवका अनुसार यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ओम्नी, यतिजस्ता काण्डमा फसे पनि सिंहदरबारभित्र ‘यति धेरै भ्रष्टाचार मौलाएको’ थिएन् । ‘त्यतिखेर एक किसिमको कमान्ड थियो, कर्मचारी तथा प्रहरी सरुवाबढुवामा कुनै किसिमको लेनदेन हुँदैनथ्यो,’ उनले भने, ‘अहिले त कर्मचारी–प्रहरी सरुवाबढुवामा ब्रिफकेस नै चल्ने गरेको छ ।’

यो खबर आजको राजधानी दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *