वीरगन्ज । बारामा एक किशोरीलाइ सामुहिक बलात्कार गरेर जबरजस्ति गर्भ तुहाउन लगाएको घटना प्रकाशमा आएको छ ।
प्रसौनी गाँउपालिका वडा नम्बर ५ प्रस्टोकाकी १६ वर्षिया किशोरीलाइ प्रसौनी गाँउपालिकाकै वडा नम्बर २ का अन्दाजी २५÷२६ वर्षका भोला भन्ने दिपक साह र श्यामसुन्दर साहले तीन महिना पहिले सामुहिक बलात्कार गरेका थिए ।
बलात्कार पछि गर्भवती भएकी ती किशोरीलाइ आरोपित दुवै युवकले शनिबार राति घरबाट जबरजस्ति लगेर डाक्टर ओम प्रकाश महत्तोकोमा लगेर गर्भपर्तन पनि गराएका छन् ।
राति अचेत बनाएर गर्भपतन गराएपछि होशमा आएर घर फर्किएकी ती किशोरीले आफुसंग भएको ज्यादती बारे अभिभावकलाइ जानकारी गराएपछि घटना प्रकाशमा आएको हो ।
आइतबार पिडित किशोरीका अभिभावकले आरोपित दुवै युवक र गर्भपतन गराउने डाक्टर महत्तो विरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दिएका छन् । किटानी जाहेरी परेका आरोपित दुवै युवक र डाक्टर महत्तो फरार रहेको प्रहरीले जनाएको छ । उनिहरुको खोजी भइरहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए । पिडित किशोरीको आइतबार दिउँसो प्रादेशीक अस्पताल कलैयामा स्वास्थ्य परिक्षण गराएर उनलाइ प्रहरीकै संरक्षणमा राखिएको पनि थापाले बताए ।
पिडित किशोरीकी आमाका अनुसार , बलात्कार तीन महिना पहिले भएको भएपनि आरोपित युवकहरुले ज्यान मार्ने धाकधम्की दिएर तर्साएका कारण पिडित किशोरीले आफुसंग गरिएको कुकर्म बारे कसैलाइ पनि जानकारी गराएकी थिइनन् । तर दुइ दिन पहिले अचानक महिनावारी (रजश्वला) रोकिए पछि किशोरीले यस बारे आरोपित युवकहरुलाइ भेटेर आफु गर्भवती भएको बताएकी थिइन् । त्यसपछि ती दुवै युवकले शनिबार राति उनलाइ जबरजस्ति डाक्टर महत्तोकोमा लगेर गर्भ पतन गराएका हुन् ।







