वीरगञ्ज । प्रधानमन्त्री शेरबहादुर देउवाले जन्मसिद्ध नागरिकका सन्ततीले नागरिकता प्राप्त गर्न नसकिरहेको भन्दै यो समस्या एक साताभित्रै समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
जनता समाजवादी पार्टी नेपालका सांसदहरुको संयुक्त टोलीसँग प्रधानमन्त्री देउवाले यस्तो प्रतिबद्धता जनाएको सांसद प्रदिप यादवले जानकारी दिए ।
सांसद यादवले भने, ‘मैले पटक पटक सडकदेखि सदनसम्म उठाएको आवाज अब सरकारले सुन्ने भएको छ ।’
जन्मसिद्ध नागरिकका सन्ततिले नागरिकता प्राप्त गर्न नसक्दा उच्च शिक्षा, रोजगारी लगायत विविध अधिकारबाट बन्चित रहेको अब चाँडै ती समस्याको समाधान हुने सांसद यादवको विश्वास छ ।
https://m.facebook.com/story.php?story_fbid=572318914262819&id=100044541451856







