Rato Pana
समाचार

ओलीले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका भुसालमाथि होला कारबाही?

वीरगन्ज । नेकपा (एमाले)भित्र नेता घनश्याम भुसालमाथि अनुशासन आयोगले कारबाहीको सिफारिस गरेसँगै पार्टीभित्र तरंग पैदा भएको छ । नेता भुसालले स्थानीय तहको निर्वाचनको परिणामलाई लिएर पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्ति पार्टी हितविपरीत रहेको भन्दै आइतबार बसेको केन्द्रीय कार्यालयको बैठकमा अनुशासन आयोगले पार्टी नेतृत्वसमक्ष नेता भुसाललाई कारबाही गर्न सिफारिस गरेको छ ।भुसालबाट अनुशासन उल्लंघन भएको भन्दै अनुशासन आयोगका अध्यक्ष केशव बडालले केन्द्रीय कमिटीसमक्ष कारबाहीका लागि सिफारिस गरेका छन् ।

भुसाललाई कारबाही गर्न सिफारिस गरेपछि एमालेभित्रै पनि केही नेताहरूले उक्त सिफारिसको आलोचना गरिरहेका छन् । पार्टी एकता प्रक्रियामा रहेका ११ जना नेताहरूले पार्टीलाई एकतावद्ध बनाएर लैजान र कारबाहीका नगर्न अध्यक्ष ओलीलाई दबाब दिँदै आएका छन् । भुसाललाई अनुशासनको कारबाहीको सिफारिस गरेपछि आज सोमबार पार्टीको सचिवालय बैठक बोलाइएको छ ।

यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

सम्वन्धित समाचार

Leave a Comment