Rato Pana
समाचार

बारा : मोटरसाइकल दुर्घटना हुदा २ जनाको मृत्यु

वीरगन्ज । बाराको महागढीमाइ नगरपालिका वडा नम्बर ८ मा मोटरसाइकल दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।

हुलाकी सडक अन्तर्गत पर्ने थलही पुलबाट आइतबार मध्यरातमा बरियापुरबाट लंगडा चोक जादै गरेको प्रदेश ०२–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल खसेर दुर्घटना हुदा मोटरसाइकलमा सवार दुइ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक बाराको सुर्वण गाउपालिका ७ सनफुल्वा टोल घर भएका ३५ वर्षिया वीरुलाल यादव र मोटरसाइकलमा पछाडि सवार भारत बिहारको पुर्वि चम्पारण समरपुर २ का ३० वर्षिय मेवाचन्द्र राय यादवको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका दुवै जनाको कलैया स्थित प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । तिब्र गतिमा रहेको मोटरसाइकल आफै अनियन्त्रित भइ पुलबाट तल खोलामा खसेको उनले बताए ।

सम्वन्धित समाचार

Leave a Comment