Categories समाचार

जिसस पर्साका नवनिर्वाचित प्रमुख सहित जनप्रतिनिधीले लिए पद तथा गोपनीयताको शपथ

Advertisement

वीरगन्ज । जिल्ला समन्वय समिति (जिसस) पर्साका नवनिर्वाचित प्रमुख सहितका जनप्रतिनिधीहरुले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार जिल्ला समन्वय समितिको सभाकक्षमा सोमबार आयोजित शपथ ग्रहण समारोहमा जिल्ला समन्वय समितिका प्रमुख निरन्जन साह सोनारले मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । त्यसपछि जिल्ला समन्वय समितिका प्रमुख सोनारले उपप्रमुख पुरन कुर्मी र ७ जना ससदस्यहरुलाइ पद तथा गोपनियताको शपथ खुवाएका थिए ।

Advertisement

शपथ ग्रहण समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै जिल्ला समन्वय समिति पर्साका निवर्तमान प्रमुख नेक महम्मद अन्सारीले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाइ बधाइ तथा शुभकामना दिए । उनले आफनो साढे चार वर्षको कार्यकालमा दलगत स्वार्थमा नलागी सकेको जति काम गरेको बताए । जिल्ला समन्वय समितिलाइ प्रदेश सरकारले कुनै पनि किसिमको सहयोग नगरेको गुनासो गर्दै उनले महानगरपालिकाको विगतको नेतृत्वले पनि कुनै पनि प्रकारले समन्वय नगरेको बताए ।

Advertisement

अहिलेका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाइ दलीय स्वार्थ भन्दा माथि उठेर जिल्ला र जिल्लावासीको हितमा काम गर्न सुझाव पनि उनले दिए ।

शपथ ग्रहण समारोहमा प्रदेशसभा सदस्य जन्नत अन्सारी , जिल्ला समन्वय समिति पर्साका निवर्तमान प्रमुख नेक महम्मद अन्सारी, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह ,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी , नेकपा एमालेका पर्सा जिल्ला अध्यक्ष जय प्रकाश थारु , एमाले नेता शीव पटेल , पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल , पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेत लगायतको पनि उपस्थिती रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *