Categories समाचार

अघोषित लोडसेडिङ र अनियमित विधुत कटौती विरुद्ध प्राधिकरण अगाडि प्रदर्शन

Advertisement

वीरगन्ज । अघोषित लोडसेडिङ र अनियमित विधुत कटौतीको विरोधमा वीरगन्ज स्थित नेपाल विद्युत प्राधिकरण अगाडि सोमबार वीरगन्जवासीले प्रदर्शन गरेका छन् ।

वीरगन्जको पावरहाउस चोकमा रहेको विधुत प्राधिकरणको वितरण केन्द्रको मुख्य प्रवेशद्वारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को अगुवाइमा वीरगन्जवासीले प्रदर्शन गरेका हुन् । केहि हप्ता यता वीरगन्ज र यस आसपासको क्षेत्रमा विधुतको अघोषित लोडसेडिङ र अनियमित विधुत आपुर्ति भइरहदा यसको जनजीवन नै प्रभावित भएको छ । त्यसैको विरोधमा सोमबार लोसपाका वीरगन्ज महानगर अध्यक्ष ओम प्रकाश सर्राफको अगुवाइमा विधुत प्राधिकरण अगाडि बिहान १० देखि मध्यान्ह १२ बजे सम्म प्रदर्शन गरिएको हो ।

Advertisement

विद्युत प्राधिकरणका कर्मचारीको लापरवाहीले विद्युत आपुर्तिमा समस्या भइरहेको भन्दै प्रदर्शनमा सहभागीहरुले प्राधिकरणका कर्मचारी विरुद्ध नाराबाजी पनि गरेका थिए ।
प्राधिकरणको प्रवेशद्वारमा दुइ घण्टाको प्रदर्शन पछि प्राधिकरणका वीरगन्ज वितरण केन्द्र प्रमुख जितेन्द्र झालाइ भेटेर ध्यानाकर्षण गराउदै विद्युत आपुर्तिमा भइरहेको समस्या तत्काल सामधान नगरिने अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिइएको लोसपा अध्यक्ष सर्राफले दिए । त्यस क्रममा झाले विद्युत आपुर्तिमा भइरहेको अहिलेको समस्या सामधानका लागि तत्कालै पहल थाल्ने आश्वासन पनि दिएको सर्राफले जानकारी गराए ।

Advertisement

प्रदर्शनमा सखुवा परसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव, लोसपाका नेताहरु राजेश साह, राजनरायण मिश्रा,समाजिक अभियन्ता बृजेस्वर चौधरी, लालबाबु सिह, युवा नेताहरु कृष्ण गुप्ता, सन्जय पटेल , कृष्ण गुप्ता,सागर सरार्फ , मोहम्मद असलम,महिला अभियन्ताहरु उषा अधिकारी ,अन्जना गुप्ता, रेखा सरार्फ, रानी शर्मा लगायतको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *