Categories समाचार

अबैध रुपले नेपालमा भित्र्याउदैँ गरेको ११३ वटा कछुवा सहित एकजना पक्राउ

Advertisement

वीरगन्ज । भारतबाट नेपाल तर्फ ल्याउदै गरेको कछुवा सहित प्रहरीले बाराका एकजनालाई पक्राउ गरेको छ ।

आज (सोमबार) बिहान साढे ९ बजेको समयमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ ईनर्वागाउँको बाटो हुदै भारत बाट अबैद्ध रुपले  नेपालमा ल्याउदै गरेको वन्यपशुपन्क्षी कछुवा ११३ वटा सहित उनलाई पक्राउ गरिएको प्रहरीले जानाएको छ ।

Advertisement

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ४५ बर्षीय आनन्दलाल टेमानी रहेका छन ।

Advertisement

बिशेष सुराकीको आधारमा खटिएको पर्सा प्रहरीको टोलीले भारतबाट नेपाल आउदै गरेको बीआर ०५ ए एफ ०५८३ नम्बरको भारतीय मोटरसाईकललाई रोकेर चेकजाच गर्दा ११३ वटा कछुवा फेला परेपछि टेमानिलाई पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकास खनालले जानकारी दिनुभयो ।

कछुवा सहित पक्राउ परेका टेमानिलाई वन्यजन्तु सरंक्षण ऐन सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान गर्नको लागी डिभिजन वन कार्यालय पर्सामा बुझाइएको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिनुभयो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *