Categories समाचार स्वास्थ्य

केन्द्रिय रेडक्रसद्वारा पर्सा शाखालाई सवारीसाधन प्रदान

Advertisement

वीरगन्ज । नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयद्वारा पर्सा शाखालाई एक थान स्कोरपियो गाडी प्रदान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी आफ्नो स्थापना काल देखी आपतकालिन, विपद प्रतिकार्य तथा विकासका कार्यहरुमा नेपाल सरकारको सहयोगीको रुपमा कार्य गर्दै आइरहेको छ । नेपाल रेडक्रस सोसाइटीले आफु मातहतका जिल्ला शाखा तथा उपशाखाहरु मार्फत एम्बुलेन्स सेवा, रक्तसंचार भ्यान, मानवीय सेवाका कार्यहरुका लागि ट्रक तथा कार्यालय प्रयोजनका लागि सवारी साधनहरु सञ्चालन गरिरहेको छ ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय कार्यालय मार्फत सञ्चालन कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम मार्फत विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउन तथा विकासका कार्यहरुमा जनतालाई मानवीय सेवा प्रदान गर्न नेरेसो केन्द्रिय कार्यालय र पर्सा जिल्ला शाखा वीचको विपद् प्रतिकार्य सवारी साधन केन्द्रिय कार्यालय मार्फत हस्तान्तण र पर्सा जिल्ला शाखाबाट सञ्चालन गर्ने सम्बन्धमा सम्झदारी भएको हो ।

Advertisement

नेपाल रेडक्रसका शाखाहरुद्धारा जिल्ला भरीमा विभिन्न कार्यहरु गर्न सहज होस, विपद उद्धारका कार्यमा प्रभावकारी सेवा, रक्तसंचार सेवा लगायत विभिन्न सेवामुकल कार्यमा सहयोग पुग्ने उदेश्यले केन्द्रिय कार्याले पर्सा शाखालाई सवारीसाधन हस्तान्त्रण गरेको छ ।

Advertisement

नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयका कार्यकारी निर्देशक उमेश ढकालले पर्सा रेडक्रसका सभापति विरेन्द राज कंडेललाई एक समारोह विच हस्तान्त्रण गरिएको छ । देशका ७७ वटै जिल्लाहरु मध्ये पटक पटक उत्कृष्ट हुदै आएको नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाले सेवा मुलककार्यलाई थप प्रभावकारी बनाई जनताहरुलाई सहयोग गर्नेछन भन्ने कुरा कार्यकारी ढकालले समारोहमा प्रस्तुत गरे ।

विगतका दिनमा, विपदको समयमा, महामारीको वखत, खोप कार्यक्रम लगायत अन्य सबै कार्यमा रेडक्रसकर्मी एवं सदस्हरुले दिनरात भए गरि सेवा कार्यमा जुटेका थिए साथै आउने दिनका समेत सेवाकार्य लागी निरन्तरता दिनेछ भन्ने प्रतिबद्धता गरेका कुरा जाहेर गरेका छन ।

सवारीसाधन हस्तान्त्रण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका उपमन्त्री साविर अहम्मद एराज, चितवनका सभापति ज्ञानशाली न्यौपाने, महोतरि जिल्लाका दिपक मिश्र, केन्द्रिय कार्यालयका रुद्र अधिकारी, उमेश मिश्र, चालक मन्ताज मियाँ लगायतको उपस्थित रहेको रेडक्रस पर्साका सहायक राजन कुमार श्रीवास्तवले जानकारी गराए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *