Categories समाचार हाइलाइट-समाचार

वीरगन्ज : दैनिक ज्यालादारीमा काम गर्दै आएका कर्मचारीको जागीर गयो।

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिका कार्यालयमा दैनिक ज्यालादारीमा काम गर्दै आएका कर्मचारीहरुको जागीर गएको छ।

सोमबार महानगरपालिकाले एक सुचना निकालेर दैनिक ज्यालादारीमा काम गर्दै आएका कर्मचारीहरुलाई असार १ गतेदेखि काममा नआउन निर्देशन दिएको छ।

Advertisement

प्रमुख प्रशासकीय अधिकृत बलराम ढकालले जारी गरेको सूचनामा महानगरपालिकाको नगरपालिकाको कार्यालय, महानगरका सबै वडा कार्यालय र स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रमा २०७८ बैशाख देखि नियुक्त भइ दैनिक ज्यालादारीमा कार्यरत रहदै आएका कर्मचारीहरुलाई अर्को सुचना नआउन्जेल सम्मका लागि  आगामी असार १ गतेदेखि जागिरबाट हटाइएकाले काममा नआउन निर्देशन दिइएको उल्लेख छ।

Advertisement

महानगरपालिकाको सोमबारको यो सुचनाले महानगरपालिकामा दैनिक ज्यालादारीमा कार्यरत सबै कर्मचारीको जागीर गएको हो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *