Categories समाचार समाज

सालोको हत्या गरेको आरोपमा भिनाजु सहित एकै परिवारका ५ जना पक्राउ ।

Advertisement

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिका वडा नं.२ सिसियाडी बैरिया टोलका ४० बर्षिय राजेश रामको हत्यामा सलंग्न ५ जनालाई प्रहरी नियन्त्रणमा लिएकाे छ । प्रहरीले अनैतिक क्रियाकलापमा सलंग्न भएको बिषयलाई लिएर राजेशकाे घाँटी कसी मारेकाे आराेपमा निजको भिनाजु हिरामन महरासहित ५ जना परिवारका सदस्यलाई पक्राउ गरेकाे हाे ।

जगरनाथपुर गा.पा.वडा नं.६ निवासी ४५ बर्षिय हिरामनसहित साेही ठाउँ निवासी ३६ बर्षिय रामबालक महरा, ४० बर्षिय बसन्ती देवी, ३५ बर्षिय सुनिता देवी, २२ बर्षिय रिंकु देवीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

Advertisement

राजेशकाे मृत शरीर शनिबार ११:१५ बजे जगरनाथपुर गाउँपालिका वडा नं.६ स्थित नारा खोलाको खोल्साभित्र घोप्टो परेको र घाँटीमा गम्छा कसिएको अवस्थामा फेला परेको थियाे ।

Advertisement

घटना सम्बन्धमा मृतकका भिनाजुसहित ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा निज राजेश राम मिति २०७९।०२।२४ गते आफ्नै दिदीको घरमा आई बसेकोमा जेठ २८ गते शनिबार ००;३० बजे निजको भिनाजु हिरामन महरा र निजको भाई समेत ५ जना परिवारका सदस्य मिली अनैतिक क्रियाकलापमा सलंग्न भएको बिषय लिएर घाँटी कसी मारी उक्त खोल्सामा लाश लगी फालेको खुल्न आएको प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका पांचै जना विरुद्ध ज्यान सम्बन्धी कसूर ( कर्तव्य ज्यान ) मा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *