Categories समाचार

जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण बन्द

Advertisement

काठमाडौँ । जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण सोमबारदेखि बन्द भएको छ । कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि ग्राहकले जग्गा धितोमा ऋण लिन नपाएका हुन् । भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय भूमि आयोग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै चार किल्ला खुलाई कृषि क्षेत्र नतोकेसम्म जग्गाको कारोबार नगर्न निर्देशन दिएको छ।

‘खेती योग्य जग्गा वा गैर कृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनाका लागि स्थानीय भूउपयोग परिषदले भूउपयोग ऐन २०७६ र भूउपयोग नियमावली २०७९ ले तोकेको मापदण्डका आधारमा कृषि क्षेत्र र गैरकृषि क्षेत्र वर्गीकरण गर्नेपर्नेछ,’ मन्त्रालयको निर्देशनमा भनिएको छ, ‘सोही निर्णय बमोजिम मात्र स्थानीय तहले कित्ताकाट प्रयोजनाका लागि सिफारिस गर्नुपर्नेछ ।’ उल्लिखित निर्देशनलाई देखाउँदै सोमबार र मंगलबार मालपोत कार्यालयले जग्गा रोक्का गर्न नमानेको बैंक तथा वित्तीय संस्थाले जनाएका छन् ।

Advertisement

तोकिएको मापदण्ड अनुसार वर्गीकरण भएपछि मात्र बैंक, वित्तीय संस्था वा सहकारी संस्थाबाट जग्गाको धितो/बन्धक पारित गर्नुपर्ने निर्देशनमा उल्लेख छ । स्थानीय तहबाट जग्गाको वर्गीकरण नगरेसम्म कार्यालयले जग्गा रोक्का राख्न नमिल्ने मालपोत कार्यालय कंलकीका प्रमुख हरिकृष्ण सुवेदीले बताए । ‘मन्त्रालयले २७ गते परिपत्र गर्‍यो, उक्त दिन शुक्रबार र त्यसपछि लगातार २ दिन बिदा थियो, सोमबारदेखि जग्गा रोक्का राख्ने काम बन्द भएको छ,’ उनले भने, ‘अब स्थानीय तहले जग्गा वर्गीकरण नगरेसम्म जग्गा रोक्का हुँदैन ।’ राष्ट्र बैंकले आज सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई नियमित छलफलका लागि डाँकेको छ । सो छलफलमा पनि प्रमुख कार्यकारीहरुले यसबारे कुरा उठाउने भएका छन् । कान्तिपुर

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *