Categories समाचार

विश्व रक्तदाता दिवसको अवसरमा उत्प्रेणना कार्यक्रम

वीरगन्ज । जुन १४का दिन विश्व भरी विभिन्न कार्यक्रमका साथ मनाउने विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी धोरे उपशाखाद्धारा रक्तदान उत्प्रेरणा कार्यक्रमको आयोजना गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी धोरे उपशाखाका उपसभापति त्रिलोकी दुवेदीको सभापतित्वमा भएको रक्तदान उत्प्रेरणा कार्यक्रममा प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति विरेन्द्र राज कँडेलले रक्तदाताहरुलाई जिवन जोगाउने कार्यमा भुमिका निर्वाह गर्दै आएका सबै प्रती आभार व्यक्त गर्दै दिवसको शुभकामना व्यक्त गरेको छन ।

Advertisement

कार्यक्रमका विशिष्ठ अतिथी रहेका पकाहामैनपुर गाउपालिका अध्यक्ष सुरेश मेहताले गाउपालिकाका बासिन्दाहरुको लागी निशुल्क रगत उपलब्ध गराउन, विभिन्न संस्थाद्धारा गरिने रक्तदान कार्यक्रममा हातेमालो गर्ने साथैं रेडक्रस रक्तसंचार केन्द्रको निर्माण हुने लागेको नयाँ भवनमा समेत गाँउपालिकाबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेका थिए ।

Advertisement

गाँउपालिकाका बासिन्दाहरुलाई लक्षित गरेका संचालन गरिएको उत्प्रेरणा कार्यक्रम रक्तसंचार केन्द्रका प्रबिधिक अधिकृत सौरभ राज पाण्डेयले संचालन गरेका थिए भने वडा नं १ का विनोद मेहता, वडा ३ का संजय चौहान, वडा ४ ढेरी यादव, रेडक्रस पर्साका मन्त्री शौलेन्द्र कुमार चौरसिया, कोषाध्यक्ष महन्थ प्रसाद यादव लगाउत उपशाखाका सदस्य गरि ६५ जनाको सहभागिता रहेको कुरा रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले जानकारी गराए ।

त्यसै गरि सोही दिवसको अवसरमा विश्रामपुर उपशाखाबाट समेत रक्तदान उत्प्ररणा कार्यक्रम उपशाखाका सभापति हासिम अंसारीको सभापतित्वमा भएको थियो । प्रमुख अतिथी रेडक्रस पर्साका कोषाध्यक्ष महन्थ प्रसाद यादव, विशिष्ठ अतिथी विरेन्द्र यादव, स्थानिय बासिन्दा, उपशाखाका सदस्य, रक्तदाता लगायत १२५ जनाको सहभागिता रहेको रक्तदान उत्प्रेरणा कार्यक्रममा रक्तदानको बारेमा प्रविधिक अधिकृत शौरभ राज पाण्डेयले प्रस्ट पार्नु भएको थियो भने रेडक्रस पर्साका सदस्य शिवनाथ यादवले कार्यक्रम संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *