Categories समाचार

वीरगञ्जमा अव्यवस्थित तार व्यवस्थित गर्ने अभियान आदर्शनगरबाट शुरु

Advertisement

वीरगञ्ज । वीरगञ्जमा अव्यवस्थित रुपमा रहेका तार व्यवस्थित गर्ने अभियानको थालनी भएको छ ।

आइतवार नेपाल विद्युत प्राधिकरण, टिभी केबुल, इन्टरनेट, फोन लगायतका प्रतिनीधिहरुको बैठकले गरेको निर्णयबमोजिम सोमवारदेखि प्रयोगबिहीन रुपमा जेलिएर शहरको सुन्दरता बिगारीरहेका तारहरु हटाउन थालिएको हो ।

Advertisement

पहिलो दिन आज वीरगञ्जको आदर्शनगरदेखि भाजु रत्न चौकसम्मको लगभग ५ सय किलो तार हटाइएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए । उनका अनुसार आज टेलिकम र नेटका प्रतिनिधिले प्रयोगबिहिन रुपमा रहेका अव्यवस्थित तार हटाएका हुन् ।

Advertisement

यो अभियानलाई १ सातासम्म निरन्तरता दिएर पुनः समिक्षा गरी अन्य स्थानमा पनि अभियानको थालनी गर्ने खेतानले बताए । अव्यवस्थित रुपमा रहेका तारसँगै प्रयोगबिहिन रुपमा रहेका र जोखिमयुक्त विद्युतिय पोल पनि हटाइने खेतानको भनाई छ । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *