Categories समाचार

चार वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेका चौधरीलाई जन्मकैद

Advertisement

वीरगन्ज । चार वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेका पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ का देवशंकर चौधरीलाई पर्सा जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ ।
पर्सा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले देवशंकर विरुद्ध जन्मकैदको फैसला गरेको हो ।

मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ (२) (ग) ले परिभाषित कसुर गरेको पुष्टि हुन आएकोले मुलुकी अपराध संहिता २०७४ को दफा २१९(१) बमोजिमको कसुरमा त्यही संहिताको दफा २१९ (३)(क) बमोजिम जन्म कैदको सजायको फैसला गरिएको फैसलामा उल्लेख छ । फैसलामा पिडितको पारिवारको आर्थिक अवस्था समेतलाई विचार गरी प्रतिवादीबाट पीडितले दफा २२८ बमोजिम क्षतिपूर्तिबापत १ लाख रुपैयाँ क्षतिपूर्ति भरी पाउने समेत ठहर गरेको उल्लेख छ ।

Advertisement

पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ का देवशंकर दास चौधरीले २०७७ साल मंसिर ११ गते चार वर्षीया नाबालिकालाई ललाइफकाई आफनो कोठामा लगेर जबरजस्ती करणी गरेको भन्दै पिडितका बुबाले किटानी जाहेरी दिएका थिए । पीडित नाबालिकाका बुबाले जाहेरी दिएपछि प्रहरीले गाउँबाटै देवशंकरलाई पक्राउ गरेको थियो । देवशंकरले प्रहरी समक्ष जबरजस्ती करणी गरेको स्वीकारेपनि अदालतमा भने जाहेरी दरखास्त झुठो रहेको र आफूले जबरजस्ती करणी नगरेको बयान दिएका थिए ।

Advertisement

तर अदालतले विवेचित आधार र प्रमाणहरुबाट प्रतिवादी देवशंकरले पीडित चार वर्षीय नाबालिकालाई जबरजस्ती करणी गरी मुलुकी अपराध संहिता २०७४ ले परिभाषित कसुर गरेको पुष्टि हुन आएकोले जन्मकैदको सजाय हुने फैसला गरेको हो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *