Categories समाचार

पर्सा राष्ट्रिय निकुञ्जमा अब जंगल सफारी गर्न पाइने

Advertisement

पर्सा । पर्सा राष्ट्रिय निकुञ्जमा अबदेखि भने जंगल सफारी गर्न पाइने भएकाे छ । मधेस प्रदेश सरकारले बजेटमै व्यवस्था गरेसँगै पर्सा राष्ट्रिय निकुञ्जमा जंगल सफारीको बाटाे खुलेकाे हाे ।

मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आर्थिक वर्ष २०७९-८० को विनियोजन विधेयक पेश गर्दै वन्यजन्तु अवलोकनका लागि निकुञ्जमा सफारी गराउने योजना अघि सारेका हुन् ।

Advertisement

पर्सा सँगै काेशी टप्पु आरक्षमा पनि सफारी गराउने याेजना उनले बजेटमै समेटेका हुन् ।

Advertisement

‘पर्सा निकुञ्ज र कोशी टप्पु आरक्षलाई वन्यजन्तु र पंक्षी अवलोकन, जंगल सफारीको रुपमा विकास गर्न र धनुषाधाम संरक्षित बनलाई जैविक पार्क तथा वन्यजन्तु उद्धार केन्द्रको रुपमा विकास गरी पर्यापर्यटनका कार्यक्रम सञ्चालन गर्न यथोचित बजेट विनियोजन गरेको छु’ मन्त्री साहले प्रस्तुत गरेको बजेटमा भनिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *