Categories समाचार

पर्सामा ११ महिनामा ७९ जनाले गरे आत्महत्या

Advertisement

पर्सा । वीरगन्ज १० की १५ वर्षीया आर्जु श्रीवास्तवले गत जेठ १५ मा आफ्नै घरमा सलको पासो लगाई आत्महत्या गरिन् । त्यसअघि वैशाख ३१ मा वीरगन्ज–१३ मूर्लीकी १४ वर्षीया सुहाना खातुनले सलको पासो लगाई आत्महत्या गरेकी थिइन् ।

पर्सामा आत्महत्या घटनाका यी केही उदाहरण हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म पर्सामा ७९ जनाले आत्महत्या गरिसकेका छन् । तीमध्ये ६९ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । ८ जनाले आत्महत्याको प्रयास गरेका छन् । १० जनाले विष सेवन गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । विष खाएर आत्महत्या गर्न खोज्ने १ सय ४ जना छन् ।

Advertisement

गत आर्थिक वर्षमा पर्सामा १ सय २० जनाले आत्महत्या गरेका थिए । तीमध्ये १ सय ४ जनाले झुन्डिएर आत्महत्या गरेका थिए भने १७ जनाले यसरी आत्महत्याको प्रयास गरेका थिए । त्यसैगरी, १५ जनाले विष सेवन गरेर आत्महत्या गरेका थिए भने ५९ जनाले यसरी आत्महत्या गर्ने प्रयास गरेका थिए । एक जनाले आगो लगाएर आत्महत्या गरेका थिए ।

Advertisement

अघिल्लो आवमा ९५ जनाले आत्महत्या गरेका थिए । १२ जनाले आत्महत्याको प्रयास गरेका थिए । ९५ मध्ये ६६ ले झुन्डिएर र २७ ले विष सेवन गरेर आत्महत्या गरेका थिए । १र१ ले हाम फालेर तथा आगो लगाएर आत्महत्या गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार आत्महत्या गर्नेमा बढी महिला छन् । महिलामध्ये अविवाहितरनाबालिका पनि उल्लेख्य हुने गरेका छन् । विवाहितामा लैंगिक हिंसामा परेकाहरू, दाइजो तथा घरेलु हिंसापीडितहरू बढी हुने गरेका छन् ।

नाबालिकाहरूले प्रेमसम्बन्धमा असफलता र निर्णय क्षमताको कमीको कारण पनि आत्महत्याको बाटो रोज्ने गरेको पाइएको उनले बताए । पुरुषमा बेरोजगारी, नैराश्य, साइबर बुलिंगका कारण प्रेम सम्बन्धहरू सार्वजनिक हुनेलगायत कारण आत्महत्याको प्रवृत्ति रहेको उनले बताए ।

मानसिक रोग विशेषज्ञ डा. भरत गोइत सहनशीलताको कमी, आत्महत्यालाई निरुत्साहित गर्न सरकारीस्तरबाट कुनै प्रयास नहुनु जस्ता कारणले आत्महत्याको घटना बर्सेनि बढ्दो क्रममा रहेको बताउँछन् ।

मधेसमा आत्महत्या गर्ने सोच आएका व्यक्तिलाई रोक्न वा सुझाव दिन कुनै सोधपुछ केन्द्र, मानसिक अस्पताल वा टोल फ्रि नम्बर आदि नरहेको उनले बताए । मानसिक तनाव भएका तथा लागूऔषध सेवनकर्ताहरूले पनि आत्महत्या गर्ने सम्भावना बढी रहेको उनको भनाइ छ । ईकान्तिपुर

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *