Categories अर्थ समाचार

बिल भन्दा बढी मेडिकल तथा खुद्रा सामानहरू लोड रहेको ट्रक प्रहरी नियन्त्रणमा

वीरगञ्ज । बिल बिजक भन्दा बढी मेडिकल सामाग्री तथा खुद्रा सामानहरू लोड रहेका १ वटा ट्रक पर्सा प्रहरीले  नियन्त्रणमा लिएको छ।

बिल विजक भन्दा बढी बिभिन्न किसिमका मेडिकल तथा खुद्रा सामानहरू बोकेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले हिजो (बिहिवार) अंदाजी २३:३० बजे  ट्रक नियन्त्रणमा लिएको हो ।

Advertisement

जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.०८ घण्टाघर सडकखण्डमा ना.५ ख ९६७५ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएको तथा विल बिजक विनाका विभिन्न किसिमका मेडिकल सामाग्रीहरू समेत फेला परेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Advertisement

नियन्त्रणमा लिइएको ट्रकको ६६,८८,२४२।– ( छयासठ्ठी लाख अठासी हजार दुई सय बयालीस ) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आज ( शुक्रबार ) राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *