Categories समाचार

ड्राइभिङ लाइसेन्सका लागि अर्काको परीक्षा दिने एक जना पक्राउ

काठमाडौँ । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)का लागि अर्काको परीक्षा दिने एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अर्काको नाममा ट्रायल दिँदै गरेका सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका १० का २५ वर्षीय सुजित खड्का पक्राउ परेका हुन्।

Advertisement

आवेदक डोलकुमार थापाको नामबाट परीक्षा दिने क्रममा उनी पक्राउ परेका हुन्। थापाको नागरिकतामा आफ्नो फोटो टाँसेर ट्रायल दिइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Advertisement

यातायात व्यवस्था कार्यालय चावहिलबाट असार २ गते सञ्चालित प्रयोगात्मक परीक्षामा उनी सहभागी भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *