Rato Pana
समाचार

भन्सार नभएको ५४ लाख ९६ हजार रुपैयाँ बढीको पाल्माेनियम तेल सहित ट्रक नियन्त्रणमा ।

जनकपुर । सप्तरीमा सशस्त्र प्रहरीले अवैध तेलसहित एक भारतीय ट्रक नियन्त्रणमा लिएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर १ कोशी ब्यारेजबाट ट्रक नियन्त्रणमा लिएको हो ।

ट्रकमा भन्सार नभएको ५४ लाख ९६ हजार रुपैयाँ बराबरको रिफाइन पाल्माेनियम तेल बरामद गरिएकाे हाे । यूपी ७५ एम ३६९५ नम्बरको भारतीय ट्रकमा १५ सय टिन तेल भेटिएकाे हाे । प्रहरीले ट्रक चालक भारतको उतर प्रदेश कानपुरका ३८ वर्षीय अवध बाबू र सहचालक २३ वर्षीय धिरज कुमारलाई पक्राउ गरेकाे छ ।

ट्रकसहित उनीहरूलाई आवश्यक अनुसन्धानका लागि राजविराज भन्सार कार्यालय तिलाठी पठाइएकाे सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण हेडक्वार्टरले जनाएको छ ।

सम्वन्धित समाचार

Leave a Comment