Categories समाचार

अनियमति लोडसेडीगं विरुद्ध फेरी प्राधिकरण अगाडि प्रदर्शन

Advertisement

अन्जु कुमारी
पर्सा । वीरगंजमा आईतबार फेरी विधुत प्राधिकरणले पटक पटक गरीरहेको अनियमति लोडसेडीगं विरुद्ध प्रदर्शन भएको छ । लोसपाका वीरगंज महानगर अध्यक्ष ओमप्रकाश सरार्फको अगुवाई तथा युवा नेता मनोज साहको सकृयतामा आईतबार प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागी युवाहरुले कुलमान घिसिगं खबरदार , जनतालाई दुख दिन पाईदैन भन्ने लगायतका प्ले कार्ड बोकी युवा तथा नेताहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागी युवा नेता ओमप्रकाश सरार्फले विधुत प्राधिकरणको लापरवाहीका कारण सर्वसाधारण जनताले दिनहु जसो सास्ती खेप्न बाध्य भएको बताए ।

Advertisement

प्रदर्शनमा सहभागीहरुले दिनहु जसो विधुत भोल्टेज कम हुने गरेको कारण घरघरमा टिभि , फ्रिज ,पंखा लगायतका सामाग्री जलेको तथा विहानदेखी रातीसम्म पटक पटक विधुत कटौतीले गर्मीमा रातभर जाग्राम बस्न बाध्य हुने गरेको गुनासो गरेका थिए ।

Advertisement

पछिल्लो प्रदर्शनका क्रममा राखिएको विभिन्न मागबारे सुनुवाई गर्ने वाचा गरीएपनि हालसम्म पुरा नभएको तथा जनताले जस्ताको तेस्तै सास्ती खेपीराखेको भन्दै सरार्फले अब पनि जनताको समस्या सुनुवाई नभए सशक्त आन्दोलनमा जान बाध्य हुने बताएका छन् । आईतबार भएको प्रदर्शनमा महिला नेतृ मालती कुश्वाहा लगायत युवा, सर्वसाधारण लगायतको सहभागीता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *