Categories समाचार

आइजिपी बढुवा गर्ने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

Advertisement

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदमा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

गएको सोमबार एआईजी विश्वराज पोखरेलको तर्फबाट अधिवक्ता मेघराज पोखरेलले बहस गरेपछि मुद्दा ‘हेर्दाहेर्दै’मा राखेर आजका लागि पेसी तोकिएको थियो ।

Advertisement

आइतबार पोखरेल पक्षका कानुन व्यवसायीले सिंहलाई आईजीपी बनाउने निर्णय गैरकानुनी रहेको दाबी पेस गर्नेछन् । उनीहरूको बहसपछि सिंह पक्षका कानुन व्यवसायीको बहस हुनेछ । सरकारको निर्णय बचाउका लागि सरकारी वकिलहरूले पनि बहस गर्नेछन् ।आफूभन्दा जुनियरलाई आईजीपी बनाइएको भन्दै एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *