Categories विदेश समाचार

नेपालको मदरसाबाट आतङ्कवादी काम भइरहेको भारतको आरोप

Advertisement

वीरगन्ज । भारत सरकारले नेपालमा रहेका मदरसाबाट भारतविरोधी आतङ्कवादी गतिविधि हुने गरेको आरोप लगाएको छ। नेपाल-भारत सहसचिव स्तरीय सीमा व्यवस्थापनसम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुप’ (जेडब्लजी) को बैठकमा भारतीय पक्षले यस्तो आरोप लगाएको हो।

नेपाल-भारत सीमा व्यवस्थापनको १२औँ बैठकमा भारतीय पक्षले सीमासम्बन्धी विविध पक्षलाई पन्छाउँदै धार्मिक गतिविधिका नाममा नेपालका मदरसाबाट भारत विरोधी आतङ्कवादी काम भइरहेको आरोप लगाएपछि नेपाली पक्षले  प्रतिवाद गरेको थियो। बैठक बुधबार र बिहीबार नयाँ दिल्लीमा बसेको थियो।

Advertisement

वार्तामा नेपाली टोलीको नेतृत्व गृह मन्त्रालयका सहसचिव एवं शान्तिसुरक्षा महाशाखा प्रमुख फणीन्द्रमणि पोखरेलले गरेका थिए। भारतीय टोलीको नेतृत्व त्यहाँको गृह मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापन विभागका प्रमुख सहसचिव आशीष कुमारले गरेका थिए।

Advertisement

आजको नागरिक दैनिकमा समाचार छ । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *