Categories समाचार

सभामुख सापकोटाले सरकारसँग मागे पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ

Advertisement

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारसँग पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ मागेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सरकारले जवाफ दिनुपर्ने अडान राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले सरकारसँग यसबारे जवाफ मागेका हुन् ।

Advertisement

सभामुख सापकोटाले सरकासँग जवाफ मागे, ‘माननीय सदस्यहरुले उठाउनुभएको विषय (पेट्रोलियम पदार्थको मूल्यवृद्धि) मा मेरो पनि ध्यानाकर्षण भएको छ । सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु । यस विषयमा सरकारलाई सत्य तथ्य सदनसमक्ष पेश गर्न निर्देश गर्दछु ।’

Advertisement

आइतबार राति नेपाल आयल निगमले सोमबारदेखि लागु हुने गरी प्रतिलिटर पेट्रोलको मूल्य १९९ र डिजेल १९२ रुपैयाँ वृद्धि गरेको छ । सरकारले महिना दिन नपुग्दै पटकपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि सडकदेखि सदनसम्म त्यसविरुद्ध विरोध भइरहेको छ ।

सभामुख अग्निप्रसाद सापकोटा
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *