वीरगन्ज । सिरहा प्रहरीले ठुलो मात्रामा लागुऔषध सहित तिनजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा दुई भारतीय नागरिक र १ नेपाली रहेका छन । प्रहरीले भारत मधुवनी जिल्ला पञ्चायत राजनगर थाना फेरण श्रीपट्टी ७ घर भई हाल लहान ५ बस्ने २१ वर्षीय मोहमद अखतर, ग्राम पञ्चायत खरियोग थाना पिप्राही १ बस्ने २७ वर्षीय धर्मेन्द्र कुमार ठाकुर र लहान ७ बस्ने १८ वर्षीय गौतम ठाकुरलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय लहानबाट प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीको नेतृत्वको प्रहरी टोलीले आईतबार राति ११ बिशेष सुचनाको अधारमा लहान नगरपालिका–८ स्थितमा मोबाइल अफजतले सञ्चालन गरेको आल्मुनियम पसल र लहान–१ स्थितमा रहेको दयाराम ठाकुरको घरमा खानतलासी गर्दा लागूऔषध फेला परेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शुभाष बुढाथोकीले जानकारी दिनुभयो ।
प्रहरीले पसल र घरबाट फेनरागन ६४५ एम्पुल, डाईजिल्याव ६४५ एम्पुल, निर्फिन ६४५ एम्पुल, नाईट्राभेट ४८० ट्याब्लेट, डाईलेक्स डि सी ४३९ बोतल र स्पामोप्रोक्सिभिन ४३२ ट्याब्लेट बरामद गरेको छ । यस्तै प्रहरीले ज १ प ४७५८ नम्बरको मोटरसाईकल, नगद ४३ हजार ५ सय रुपैयाँ र ३ वटा मोबाइल बरामद गरेको छ ।







