Categories समाचार

रु. नौ लाख बराबरको सुनको बिस्कुट सहित साह पक्राउ

Advertisement

वीरगन्ज । महोत्तरी प्रहरीले सुनको बिस्कुट सहित एकजनालाई पक्राउ गरेको छ।

हिजो ( आइतबार ) अंदाजी १७;०० बजेको समयमा जिल्ला महोत्तरी औरही न.पा. वडा नं. ४ कठुधार स्थित सम्सी माईस्थान सडक खण्डबाट विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरी, ईलाका प्रहरी कार्यालय गौशाला तथा अस्थाई प्रहरी पोष्ट कठुधारबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो ।

Advertisement

सम्सीबाट गौशाला तर्फ पैदल आईरहेका जिल्ला महोत्तरी एकडारा गा.पा. वडा नं. ५ बस्ने अंदाजी वर्ष ३५ का शुशिल साहले लगाएको जिन्स पाइन्टको अगाडीतर्फको खल्तिमा लुकाई छिपाई राखेको सुनको बिस्कुट सहित उनी पक्राउ परेका हुन ।

Advertisement

हालको बजार मुल्य अनुसार रु.९,७८,८२४/- ( नौ लाख अठहत्तर हजार आठ सय चौबिस रुपैया ) मुल्य बराबरको ११६.५० ग्राम वजन भएको बिस्कुट आकारको सुन बरामद गरी आवश्यक कारवाहिको लागी पक्राउ परेका साह सहित राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *