Categories अर्थ समाचार

हवाई भाडा वृद्धि, अब काठमाडौं पुग्न ४ हजार १९५ रुपैयाँ लाग्ने (भाडादरसहित)

Advertisement

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै वायुसेवा कम्पनीहरुले हवाई भाडा पनि वृद्धि गरेका छन् ।

नेपाल वायु सेवा सञ्चालक संघले सोमबार एक सूचना जारी गर्दै हवाई भाडा वृद्धि गरेको जनाएको हो । संघले जारी गरेको सूचनाअनुसार सबैभन्दा धेरै भाडा काठमाडौं–धनगढी रुटमा बढेको छ । काठमाडौं–धनगढीको भाडा ८४० रुपैयाँले बढेर कूल भाडा १६ हजार ८ सय ५ रुपैयाँ पुगेको छ ।

Advertisement

यस्तै, काठमाडौं–माउन्टेनतर्फ ६५५ रुपैयाँ बढेर भाडादर १४ हजार ७ सय २० पुगेको छ । सबैभन्दा कम सिमराका लागि १७० रुपैयाँ भाडा बढेर ४ हजार १ सय ९५ रुपैयाँ रहेको छ । काठमाडौं–भरतपुर पुग्न अब ४ हजार ९३५ रुपैयाँ लाग्ने छ भने भाडादर २ सय रुपैयाँले बढेको।

Advertisement

यसैगरी काठमाडौंदेखि अन्य रुटको पनि भाडादर बढेको छ । वृद्धि भएको भाडा बुधबारबाट लागु हुने संघले सूचनामा भनेको छ ।

हेर्नुहोस् हवाई भाडाको सूचीः

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *