Categories समाचार

सञ्चारकर्मी रविले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध उजुरी

Advertisement

वीरगन्ज । निर्वाचन आयोगमा सञ्चारकर्मी रवि लामिछानेले मंगलबार घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध उजुरी परेको छ । बुधबार निर्वाचन आयोग पुगेर छ–सात जनाको समूहमा रहेको एक टोली पुगेर पार्टीको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै उजुरी गरेका हुन् । 

उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई उजुरी दिएर फर्किएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । 

Advertisement

उनीहरुले दिएको उजुरीका सम्बन्धमा आयोगले अध्ययन तथा छानविन गरेर उचित निर्णय लिने उनले बताए । प्रवक्ता पौड्यालले भने–‘आयोगमा छ–सात जनाको समूहमा आएका व्यक्तिहरुले निवेदन दिएर जानुभएको छ । उहाँहरुको निवेदनमा के के कुरा छन्, ती कुराहरु प्रचलित निर्वाचन कानुनी व्यवस्था अनुसार छ कि छैन, सो आधारमा दल दर्ता गर्न मिल्छ कि मिल्दैन विभिन्न पक्षबारे आयोगले अध्ययन छलफल गरेर आवश्यक निर्णय गर्छ । सोही आधारमा पार्टी दर्ता हुने कि नहुने भन्ने निश्चित हुन्छ ।’

Advertisement

लामिछानेले गठन गरेको नयाँ पार्टीको नाममा स्वतन्त्र शब्द परेको भन्दै विभिन्न दलका नेता तथा कार्यकर्ताहरूले सामाजिक सञ्जालबाट आपत्ति जनाउँदै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *