Categories समाचार

वीरगञ्जका १ युवकलाई हेटौंडामा बन्धक बनाएर फिरौती माग्ने ३ जना पक्राउ

Advertisement

वीरगञ्ज । वीरगञ्जका १ जना युवकलाई बन्धक बनाएर फिरौती माग्ने ३ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । 

मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कस्थित ट्राभल होटल एण्ड लजको १०७ नम्बर कोठामा एकजनालाई पुरुषलाई बन्धक बनाएको विशेष सूचनाको आधारमा खटिएको प्रहरीले ३ जनालाई पक्राउ गरेको हो ।

Advertisement

वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ निबासी २७ वर्षीय अमन कुमार श्रीवास्तवलाई बन्धक बनाई घरमा फोन गर्न लगाएर पैँसा माग गर्ने हेटौडाका ३ जना पक्राउ परेका हुन् । 

Advertisement

पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ बस्ने २९ वर्षीय सुरेश लामा, वडा नम्बर १२ बस्ने २१ वर्षीय समिर बल र सोही ठाउँका २८ वर्षीय अशोक लामा रहेका छन् । 

पक्राउ परेका ३ जनाविरुद्ध जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *