Categories समाचार

लालपूर्जा बनाइदिन घुस लिएको भन्दै पक्राउ परेका बिचौलीया पाण्डे विना शर्त रिहा

वीरगन्ज । वीरगन्ज स्थित नापी कार्यालयमा सेवाग्राहीसंग घुस लिएको भन्दै पक्राउ परेका बिचौलीयालाइ प्रहरीले विना शर्त रिहा गरिदिएको छ ।

नापी कार्यालयमा बिचौलियाको काम गर्दै आएका वीरगन्ज महानगरपालिका वडा नम्बर १३ मुर्ली घर भएका ६० बर्षिय दिनेश पाण्डे भनिने उमा पाण्डेलाइ मङगलबार पत्रकारहरुको एक टोलीले घुस बापत लिएको १ लाख २५ हजार रुपैया सहित नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको थियो ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएका पाण्डेलाइ प्रहरीले बुधबार साँझ भने विना शर्त रिहा गरिदिएको हो ।

Advertisement

घुस लिएको आरोपमा नियन्त्रणमा लिइएका पाण्डे विरुद्ध पिडितले कुनै पनि लिखित जाहेरी वा उजुरबाजुर नगरेकाले बुधबार साँझ परिवारको जिम्मा लगाएर पठाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले बताए ।

Advertisement

खनालले भने ,‘ पाण्डे विरुद्ध कुनै जाहेरी परेन , पिडित सेवाग्राही भनिएका वीरगन्ज १५ का राजनारायण झा पनि प्रहरीको सम्पर्कमा आउन मानेनन् , पाण्डे कर्मचारी पनि नभएकाले अख्तियारमा बुझाउन पनि मिलेन , अब उजुरी नै नपरेपछि २४ घण्टा भन्दा बढि प्रहरी हिरासतमा राख्न मिलेन , त्यसैले परिवारको जिम्मा लगाएर पठाइ दियौ ।

निजामति कर्मचारीको पोशाक लगाएर नापी कार्यालयमा बस्दै आएका पाण्डेले जग्गाको लालपूर्जा उपलब्ध गराइ दिने शर्तमा झासंग मङगलबार एभरेष्ट बैंकमा १ लाख २५ हजार रुर्पया घुस लिएको भन्दै पत्रकारहरुको टोलीले पाण्डेलाइ नियन्त्रणमा लिएर प्रहरीलाइ बैंकमै बोलाएर प्रहरी निरिक्षक विशाल मल्लको जिम्मा लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *