Rato Pana
समाचार

वीरगन्ज : रु ३ अर्ब ३३ करोड बढीको नीति कार्यक्रम तथा बजेट सार्वजनिक

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले अगामी आर्थिक बर्षका लागि साढे ३ अर्ब ३३ करोड रुपैया भन्दा बढीको नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको शुक्रबार आयोजित ११ औं नगरसभामा उपप्रमुख एंव राजश्व परामर्श समितिका संयोजक इम्तियाज आालमले भौतिक पुर्वाधार र सामाजिक विकासलाइ प्राथमिकतामा राखेर अगामी आर्थिक बर्ष २०७९/०८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपैयाको बजेट सार्वजनिक गरेका हुन् ।

उपप्रमुख आलमले सर्वाजनिक गरेको विनियोजित बजेट मध्ये चालु खर्च तर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार अर्थात ६२.०४ प्रतिशत रकम विनियोजन गरिएको छ ।पुँजीगत खर्च तर्फ भने १ अर्ब २६ करोड ६४ लाख ७५ हजार रुपैया अर्थात ३७.९६ प्रतिशत खर्च हुने अनुमान महानगरको छ ।

बजेटमा सबै भन्दा बढि पूर्वाधार विकास क्षेत्रमा १ अर्व १९ करोड ९३ लाख रकम विनियोजन गरिएको छ ।त्यसपछि सबै भन्दा बढि सामाजिक विकास क्षेत्रमा भने ९९ करोड ३५ लाख ७९ हजार रुपैया महानगरले विनियोजित गरेको छ ।

यसैगरि महानगरपालिकाको सेवा प्रवाह र संगठन सुदृढिकरण सम्बन्धि कार्यक्रमका लागि मात्रै ९३ करोड ५३ लाख २१ हजार छुटयाइएको छ भने शिक्षा, युवा तथा खेलकुद सम्बनिध कार्यक्रमका लागि ६६ करोड ३८ लाख ३५ हजार रुपैयाँ विनियोजित गरिएको छ ।

स्वास्थ्य तर्फ भने १५ करोड २० लाख ३० हजार , महानगरपालिकाको आर्थिक विकास तर्फ १० करोड ४२ लाख ९० हजार , महानगरको सरसफाइ व्यवस्थापनमा ८ करोड ९१ लख रुपैया, कृषि तर्फ ३ करोड २६ लाख ९० हजार मात्रै र वन तथा वातावरण र विपद व्यवस्थापन तर्फ ५ करोड ९९ लाख रुपैया खर्च हुने अनुमान महानगरको छ ।

यस्तै महानगरपालिकाको सुचना प्रविधी र सन्चार सम्बन्धि कार्यक्रमका लागि १ करोड ५ लाख ९५ हजार रुपैया छुट्याइएको छ । मधेसखबर

सम्वन्धित समाचार

Leave a Comment