Rato Pana
समाचार

पैदल हिडिरहेका चिकित्सकलाई ट्राफिक प्रहरीले कुटपिट गरेको आरोप

वीरगंज । ट्राफिक प्रहरीले डिउटी सकेर घर फर्कंदै गरेका एक चिकित्सकमाथि कुटपिट गरेको आरोप लागेको छ । राति हिँडेको निहुँमा कुटपिट गरेको जनाइएको छ ।

ट्राफिक प्रहरी कार्यालय ललितपुरमा कार्यरत प्रहरी जवान राजेन्द्र थापाले पुल्चोकस्थित आरोग्य स्वास्थ्य प्रतिष्ठानमा कार्यरत डा. कुलबहादुर घिसिङमाथि कुटपिट गरेको बताइएको छ ।गएको आइतबार राति आफू पैदल हिँडिरहेको बेला कुसुन्तीमा थापाले कुटपिट गरेको भन्दै डा. घिसिङले नेपाल चिकित्सक संघमा ध्यानाकर्षण गराएका छन् ।

बिनाकुनै कसुर ती ट्राफिक प्रहरीले आफूमाथि हमला गरेको र अस्पतालको परिचयपत्र देखाउँदा समेत सहज वातावरण नभएको

ध्यानाकर्षणपत्रमा उल्लेख छ । कुटाइबाट डा. घिसिङको अनुहारका विभिन्न भागमा चोट लागेको छ । यता, ललितपुर प्रहरी परिसरका एसपी सिद्धिविक्रम शाहले सार्वजनिकस्थलमा प्रहरीले नागरिकलाई कुटपिट गर्न नहुने भन्दै थापाविरुद्ध कारबाही प्रक्रिया अघि बढाइने बताएका छन् । घटाबारे किटानी जाहेरी परेपछि कारबाही अघि बढाइने शाहले बताए ।

कुटपिटमा परेका चिकित्सक

सम्वन्धित समाचार

Leave a Comment