वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा चट्याङ लागेर एक जनाको मुत्यु भएको छ ।
मृत्यु हुनेमा सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. १ औराहा रेन्ज निवासी अन्दाजी ३० बर्षिय हरिन्द्र दास थारु रहेको गाउँपालिका अध्यक्ष जसवन्त यादवले बताए ।
मंगलवार पानी परी रहेको बेलामा खेतमा कोदालो चलाउँदै गरेका बेला उनलाई चट्याङ लागेको थियो । चट्याङ लागेपछि थारु खेतको आलीमै ढलेका थिए ।
मृतक थारुको शवलाई पोस्टमाटमको लागि बीरगन्ज पठाइएको स्थानिय प्रहरीले जनाएको छ ।







