Categories अन्तर्वार्ता

प्रेस युनियन मधेस प्रदेशकाे अध्यक्षमा बाराका सत्यप्रकाश श्रेष्ठ निर्वाचित

Advertisement

वीरगन्ज ,२१ माघ : नेपाल प्रेस युनियनकाे मधेस प्रदेश समितिकाे अध्यक्षमा सत्यप्रकाश श्रेष्ठ निर्वाचित भएका छन्।

बाराकाे कलैयामा शनिबार बेलुकी सम्पन्न प्रेस युनियन मधेस प्रदेशकाे प्रथम अधिवेशनले बाराका पुराना पत्रकार श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेकाे हाे । अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ सहित २५ सदस्यीय प्रदेश कार्य समिति सर्वसम्मत निर्वाचित भएका हुन् ।

Advertisement

उपाध्यक्षमा धनुषाका अजय साह, समावेशी उपाध्यक्षमा साेम दयाली , महिला उपाध्यक्षमा रमीता नेपाल, महासिचवमा बाराका अजय कुमार साह, सचिवमा बाराका सन्ताेष पाण्डे ,पुस्तिका केसी र मनाेज माझी तथा काेषाध्यक्षमा पर्साका उदय दास थारु पनि सर्वसम्मत चयन भएका छन् ।

Advertisement
Caption lekhna

यसैगरि सदस्यहरुमा पर्साका श्रवण साह, धिरेन्द्र श्रेष्ठ ,विजय साह, गिरिराज ओली, सन्जिव साह,मुकेश झा, शैलेन्द्र सिंह,राकेश गुप्ता, सृजा थापा, बब्लु चाैधरी, देवेश मल्लिक,नवीन चाैधरी, हरिस खुद्दार,पवन मिश्रा,नरेश चाैधरी र उतिमलाल कापरी निर्वाचित भएका छन् ।

यस्तै लेखा समितिकाे संयाेजकमा रन्जन खरेल तथा सदस्यमा राहुल गुप्ता र प्रियंका दास चयन भएकाे प्रेस युनियनका केन्द्रीय महासचिव दिलिप पाैडेलले जानकारी दिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *