Categories समाचार

ड्राइपोर्टमा अधिग्रहण गरिएको जग्गाको मुआब्जा यथाशिघ्र वितरण गर्नुपर्ने सांसद हजराको माग

Advertisement

वीरगञ्ज ।  प्रतिनिधि सभा सदस्य प्रभु हजराले वीरगञ्ज ड्राइपोर्टमा अधिग्रहण गरिएको जग्गाको मुआब्जा यथाशिघ्र वितरण गर्नुपर्ने माग गरेका छन् ।

प्रतिनिधि सभाको आइतवारको बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य हजराले २०७२ सालमै अधिग्रहण गरिएको ६२ बिघा जग्गाको मुआब्जा हालसम्म पनि वितरण नगरिएकोमा आपत्ती जनाए । 

Advertisement

उनले भने, ‘२०७२ सालमै अध्रिहण गरिएको ६२ बिघा जग्गाको मुआब्जा हालसम्म पनि दिइएको छैन, त्याहाँको ठूलो बस्तीमा बसोबास गर्नेहरु मुआब्जा नपाएरै मारमा परीरहेका छन् । मुआब्जा नदिने र वर्षेनी जग्गाको मूल्य बढाउने काम मात्रै भइरहेको छ, यसले सरकारलाई नै घाटा हुन्छ ।’

Advertisement

यथाशिघ्र जग्गाको बाँकी मुआब्जा वितरण गर्नुपर्ने हजराको माग छ । साथै उनले सिंगो मधेशलाई काठमाण्डौसँग जोड्ने फास्ट ट्रयाक कछुवाको गतिमा निर्माण भइरहेको बताए । द्रुत माग्र द्रुत गतिमा निर्माण हुनुपर्ने हजराको भनाई छ । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *