Categories Headlines मधेश प्रदेश

धनुषाको मिथिला नगरपालिकाले गर्‍यो हिउँदे अधिवेशन : कृषिलाई प्राथमिकतामा राखिएको – नगरप्रमुख यादव

जनकपुरधाम, २७ माघ

Advertisement

धनुषा को मिथिला विहारी नगरपालिका मा आठौं हिउँदे अधिवेशन समापन भएको छ । मिथिलाविहारी नगरपालिका को २०७९/८० को साताैं योजना तर्जुमा अन्तर्गत आठौं नगर सभा सम्पन्न भएको हो।

Advertisement

नगर प्रमुख राजेन्द्र प्रसाद यादव को सभापतित्वमा भएको हिउँदे अधिवेशनमा नगरपालिकाका नागरिकहरू लाभान्वित हुने योजना हरु निर्धारण गरि आठौं नगरसभा सम्पन्न भएको हो।

कृषक समुदायकाे लागि कृषि योजनाहरुलाइ प्राथमिकतामा राखि नगर परिषद गरिएको नगर प्रमुख यादव ले बताए ।

समुदायको आवस्यकता अनुसार योजना हरु राखिएको उप प्रमुख शोभा साहले भनिन्। पालिका भरिमा जनता को अनुभूति गर्ने गरि जनप्रतिनिधिहरुले कार्य गर्नुपर्नेमा जोड दिइन्। उक्त परिषदमा नगर प्रमुख यादव , उपप्रमुख साह ,प्रशासकीय अधिकृत रामदरस यादव लगायत वडाध्यक्ष हरु सदस्य हरु कर्मचारी हरु समेत को उपस्थितिमा सम्पन्न भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *