Categories समाचार

मापदण्ड विपरित बनेका संरचनामा वीरगञ्ज महानगरले चलायो डोजर, हटाइयो २ वटा संरचना

वीरगञ्ज । सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरेर संरचना हटाउने अभियानलाई वीरगञ्ज महानगरपालिकाले तिब्रता दिएको छ ।

महानगरले शुक्रबार नियम विपरित निर्माण गरिएका वडा नम्वर १२ र १४ मा रहेको २ वटा संरचना हटाएको छ । वडा नम्वर १२ बाइसापस सडक नजिकै सडक अतिक्रमण गरेर नक्सा पास नै नगरी निर्माण गरिरहेको संरचना महानगरले हटाएको हो ।

Advertisement

वडा नम्वर १२ मा रहेको कि.नं. १३६ मा विनोद अग्रवालले ढलान सडक नै अतिक्रमण गरेर नक्सा पास विना नै पक्कि घर निर्माण गरिरहेको पाइएपछि महानगरले डोजर लगाएर संरचना हटाएको हो ।

Advertisement

यस्तै महानगरले वडा नम्वर १४ लिंक रोड नजिकै निर्माण गरिएको संरचना पनि डोजर लगाएर हटाएको छ । नक्सा पास भए पनि त्यस विपरित वाउण्ड्रि वाल लगाएको भेटिएपछि वाल भत्काइएको हो । स्थानीय रिता देव शरण यादवले आउजाउ गर्नै असहज हुने गरी सडक अतिक्रमण गरेर नक्सा विपरित वाउण्ड्री वाल लगाएका थिए ।

यादवको नाउँमा रहेको कि.नं. ३६३ र ३६५ मा बनेको घरको वाउण्ड्री वाल मापदण्ड विपरित रहेकाले महानगरले हटाएको हो ।
मापदण्ड विपरित निर्माण गरेको संरचना हटाउन यस अघि नै महानगरको टोली पुगेको भए पनि रिता देवी यादव र देव शरण यादवले जिल्ला अदालत पर्सामा निषेधाज्ञाको माग गर्दै मुद्धा दायर गरे पछि हटाउन सकिएको थिएन ।

जिल्ला अदालत पर्साले वादीको माग बमोजिम आदेश जारी गर्न प्रमाण नपुगेको भन्दै मुद्धा खारेज गरेपछि महानगरले आज डोजर लगाएर वाउण्ड्री वाल हटाएको हो ।

मापदण्ड विपरित बनेका संरचना र सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचना हटाउँदै जाने नीति बमोजिम महानगरले काम गरिरहेको महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।
महानगरले बिहीबार पनि वडा नम्वर ८ मा नगर विकासको जग्गामा बनेको संरचना हटाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *