Categories Uncategorized मधेश प्रदेश

छिपरमाई गा पा मा शिक्षक संघको अधिवेशन सम्पन्न, पर्सा

Advertisement

२८ माघ बिरगंज

पर्साको छिपरमाई गाउँपालिकामा आज नेपाल शिक्षक संघको दोस्रो स्थानीय अधिवेशन सम्पन्न भएको छ।

Advertisement

नेपाल शिक्षकसंघ छिपरमाई गा पा का अध्यक्ष सुरेश साह कानुको सभापतित्व र नेपाली काँग्रेस मधेस प्रदेशका महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले पुन सुरेश साह कानु कै नेतृत्वमा सर्वसहमतीका आधारमा स्थानीय कार्य समिती चयन गरिएको नेपाली काँग्रेस पर्साका सह सचिव नवीन सिंहले जानकारी दिए।

Advertisement

उपाध्यक्षमा गणेश दास सतवा,सचिवमा मुकेश राउत कुर्मी लगायतका शिक्षकहरु सर्वसहमतिकै आधारमा चयन गरिएको पनि नेता सिंहले बताए। कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले शिक्षा विकासको मेरुदण्ड भएको कारण शिक्षाको विकासका निम्ति गाउँपालिकाले अधिकांस बजेट बिनियोजन गरी गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए।शिक्षाको अभावले मानिसले चाहे अनुसारको जीवन निर्माण गर्न नसकेको बताउँदै प्रमुख अतिथि श्रेष्ठले लगानी मात्र गरेर नहुने अनुगमन ,निरीक्षण र प्रभावकारी बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताए। कार्यक्रममा विशिस्ट अतिथि छिपरमाई गा पा अध्यक्ष मनोज गुप्ताले शिक्षामा विकास गर्न आफूले कुनै कसुर बाँकी नराख्ने उद्घोष गरे।

सबैको सहयोग बिना विकास निर्माण सम्भव नभएका कारण शिक्षकहरुले विद्यालय सुधार र शिक्षामा परिवर्तन गर्न आवस्यक व्यवस्था समेत मिलाउन आफू पछि नहट्ने समेत अध्यक्ष गुप्ताले बताए। नेपाली काँग्रेसका प्रवक्ता रमेश पाण्डेले शिक्षा र शिक्षकहरुको सम्मान गर्न जाने समाज आफैं परिवर्तन हुने बताउँदै चेतना मूलक कार्यक्रम मार्फत समाजलाई अगाडि लानुपर्नेमा जोड दिए।

नेपाली काँग्रेसका सह सचिव समेत रहेका युवा नेता नवीन सिंहले शिक्षा र शिक्षक नै समाज बिकासको मेरुदण्ड भएको बताउँदै शिक्षकहरुको आत्मसम्मानका निम्ति पालिकाले कार्यक्रम तर्जुमा गरि कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।।विद्यालय भएर मात्र समाज विकास नहुने बताउँदै गुणस्तरीय शिक्षा र प्राबिधिक शिक्षा मार्फत आजका बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्न गाउँ पालिकाले कार्यक्रम निर्धारण गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादव ,नेपाल शिक्षक संघ मधेस प्रदेशका उपमहासचिव मोहन लाल कुर्मी ,नेपाल शिक्षक संघ पर्साका अध्यक्ष प्रदीव जयसवाल,सचिव अशोक साह लगायतका वक्ताहरुले अधिवेशनमा शुभकामना मन्तव्य राखेका थिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *