Categories Headlines मधेश प्रदेश

काँग्रेस सभापति यादव र लोसपा नेता झा बीच भेटवार्ता

जनकपुर २८ माघ

नेपाली काँग्रेस मधेस प्रदेशका सभापति कृष्ण प्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झा बीच आज भेटवार्ता भएको छ।

Advertisement

आज भएको भेटमा देशको वर्तमान राजनीति अवस्था र समसामयीक राजनीती र मधेशका नागरिकहरुको हक अधिकार सुनिस्चितताको बारेमा छलफल भएको नेपाली काँग्रेस मधेस प्रदेशले जनाएको छ।

Advertisement

नेपाली काँग्रेस मधेस प्रदेशका संसदीय दलका नेता समेत रहेका यादव र लोकतान्त्रिक समाजवादी पार्टीका प्रभावशाली नेता तथा पूर्व मन्त्री समेत रहेका झा बिचको भेटवार्तालाई निकै चासोका साथ हेरिएको छ।

संघीय सरकारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट फिर्ता हुने निर्णय गरेलगत्तै सुदूरपश्चिम प्रदेश सरकारले पाउन नसकेको विस्वासको मत लगायतका कारण मधेस प्रदेशमा समेत असर पर्ने सम्भावना देखिएकाले पनि यादव र झा को भेटलाई निकै चासोका साथ हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *