बिरगंज २८ माघ
पर्साको ठोरी गाउँपालिका वडा नम्बर १ र २ माछापालनका लागि उत्कृष्ट स्थान रहेको देखिएको छ।
ठोरीको १ र २ नम्बर वडाका अधिकांश जमिनहरु घोलखेतको रुपमा देखिएकोले माछा पालनका लागि उपयुक्त रहेको पशुसेवा कार्यालय बिरगंजका कार्यालय प्रमुख रामचन्द्र साह बताउँछन्।
ठोरीमा माछा पालनबाट कृषकहरुको जीवन स्तरमा आमूल परिवर्तन गर्न सकिने सम्भावना देखिएकाले यस क्षेत्रलाई माछा जोनको रुपामा बिकसित गर्नुपर्ने माछा बिज्ञ राजेस्वर कुशवाहाले बताए।
नेपाली काँग्रेस मधेस प्रदेशका महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठले ठोरीको जमिन र वस्ती पर्सा र चितवन राष्ट्रिय निकुञ्ज एवम् भारतकाे वाल्मीकि टाईगर टप जंगलकाे बिच अवस्थीत रहन गई जंगली जनावरहरूकाे आतंकका कारण बाली नाली भित्र्याउन निकै कठीन हँदै गई धेरै जसाे खेतहरू बाँझै रहन गएकाे र यस भेगका युवाहरू आफै देखे सुनेका भरमा आफ्नै लगानीमा माछापालन तर्फ आकर्षित हुँदै गईरहेका किसानहरूको र भेटरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, बिच पहुँच बृद्धी गराउँदै कृषकसँग बिज्ञको छलफल, समन्वय गर्न टोलि लिएर स्थलगत अनुगमन र निरीक्षण गर्न पहल गरिएकाे बताउनु भयाे ।
यस भेगमा झन्डै दुइ दर्जनको संख्यामा माछापोखरी रहेकाे र माछापालन गर्ने युवा कृषकहरुले भेटका क्रममा आफूहरुले गाउँमै केही गर्नुपर्छ भन्ने हेतुले माछापालन तर्फ मन लगाएता पनि आफूहरुलाई कसैले पनि तालिम,अनुदान, प्रवि तथा विभिन्न आवस्यक सहयोग नदिएको गुनासो गरे। किसानहरू संगकाे छलफलकाे कममा माछापालनका लागि उपयुक्त भइकन पनि पछाडी परेकाे यस क्षेत्रलाइ यस अा.व मा तालिम अाैषधी लगायत हुन सक्ने सहयाेग गर्दै अाउने वर्ष माछाकाे पकेट क्षेत्रकाे रूपमा िवकास गर्न याेजना तर्जुमा गरिने कार्यालय प्रमुख रामचन्द्र साह बताउँछन्।
स्थानीय सरकार , प्रदेश र संघीय सरकारले माछापालन गर्ने कृषकहरुलाई प्रोत्साहन स्वरुप अनुदान ,आधुनिक तरिका लगायतको जानकारी गराउने हो भने विदेश पलाएन हुने युवाहरुको संख्यामा कमी आउन सक्ने कृषकहरुको भनाइ छ।