Categories समाचार

नेपाल चिकित्सक संघको आन्दोलन फिर्ता

Advertisement

काठमाडौँ । नेपाल चिकित्सक संघ पूर्वघोषित आन्दोलन फिर्ता लिन सहमत भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बिहान भएको वार्तामा जारी आन्दोलन फिर्ता लिएर अस्पताल खोल्नेबारेमा सहमाति भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । 

Advertisement

यसबारे केहीबेरमै औपचारिक जानकारी दिइने मन्त्रालयको भनाइ छ । 

Advertisement

शुक्रबार ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा संघले आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारेको हो ।

जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलपत्र परेको हो । 

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *