Categories Headlines मधेश प्रदेश

प्रजातन्त्र सेनानी परिवारद्वारा ठोरीमा प्रवेशद्वार निर्माण गरिने

१ फागुन
बिरगंज

Advertisement

पर्साको सुदुर पश्चिम गाउँपालिका ठोरीको पन्चेस्वर बहुद्देश्य मुक्तिधाम जाने मूलबाटोमा प्रवेशद्वार निर्माण गर्न आज शिलान्यास गरिएको छ।ठोरीका प्रजातन्त्रसेनानी परिवारका नारायण बस्नेत र उनकी धर्मपत्नीबाट आज धार्मिक विधि अनुसार प्रवेशद्वारको शिलान्यास गरिएको प्रजातन्त्रसेनानी परिवारकी गीता बिष्टले जानकारी दिइन ।

Advertisement

ठाेरी पर्यटकीय स्थलको रुपमा बिकसित हुँदै गएको र ठोरीलाई धार्मिक पर्यटकीय स्थलको रुपमा समेत विकास गर्न सकिने भएको हुँदा आकर्षक प्रवेशद्वार निर्माण गर्न आफूले परिवारका अभिभावकहरुलाई आग्रह गरेको ठोरी २ सुन्दरबस्ती स्थायी घर भइ हाल अमेरिका बस्दै आइरहेका रबिसिंह बस्नेतले टेलिफोन मार्फत बताए।

देश बाहिर रहेर पनि गाउँको विकासनिर्माण गर्न उत्तिकै मन लाग्ने भएको हुँदा पन्चेस्वर मुक्तिधाम निर्माण हुन लागेको स्थानमा प्रवेशद्वार निर्माण गरी गाउँको माया बचाइ राखिएको पनि बस्नेतले बताए।

आगामी दिनहरुमा पनि विभिन्न बिकास निर्माण र ठोरीको पहिचान हुने कार्य गर्ने मनस्थिति निर्माण भइ रहेको समेत बस्नेतको भनाइ थियो।बस्नेतले यस अघि पनि वनशक्ती आधारभूत विद्यालयका सबै विद्यार्थीहरुलाई झोला वितरण गरेका थिए।
आज शिलान्यास गरिएको प्रवेशद्वारले पन्चेस्वर मुक्तिधामको मात्र नभइ ठोरी कै पहिचान झल्किने काम भएको पन्चेस्वर मुक्तिधाम का अध्यक्ष रामबहादुर खड्काले बताए।आफूहरुले यस क्षेत्रलाई निकट भविष्य मै धार्मिक क्षेत्र घोषणा गर्न लागेको र विभिन्न दाताहरु यसक्षेत्रमा मन्दिर निर्माण गर्न इच्छुक रहेको अवस्थामा आज शिलान्यास भएको प्रवेशद्वारको उत्तिकै महत्व रहेको समेत खड्काको भनाइ छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *