Rato Pana
खेलकुद समाचार

धोनीको ४१ औँ जन्मोत्सवको अवसरमा रक्तदानसँगै विभिन्न विद्यालयलाई खेलकुद सामाग्री वितरण

Advertise:
Advertise:
Advertise:

वीरगञ्ज ।  प्रसिद्ध क्रिकेटर तथा भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोेनीको जन्मदिन वीरगञ्जमा पनि मनाइएको छ । धोनीकै नाममा स्थापित एम.एस धोनी फ्यान क्लब वीरगञ्जले धोनीको ४१ औँ जन्मोत्सवको अवसरमा रक्तदानसँगै विभिन्न विद्यालयलाई खेलकुद सामाग्री वितरण गरेको छ । 

बुधवार रक्तसञ्चार केन्द्रमा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा १ जना महिलासहित २१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए । अनिशा हमाल, बिक्की कुमार सर्राफ, पवन कुमार साह, निखिल मेहता, राज यादव,समिर अन्सारी, सौरभ सर्राफ लगायतले रक्तदान गरेका हुन् ।

बुधवार रक्तदान गरेको क्लबले बिहिवार वीरगञ्जका ५ वटा विद्यालयलाई खेलकुद सामाग्री वितरण गरेको छ । श्री नेपाल रेलवे मावि, श्री हरिहर सर्राफ चम्पा देवी आधारभुत विद्यालय, चर्तुवेदी आधारभुत विद्यालय, पन्नालाल मावि र चोर्नी माविलाई खेलकुद सामाग्री उपलब्ध गराएको क्लबका अध्यक्ष बिक्की कुमार सर्राफले जानकारी दिए । अध्यक्ष सर्राफका अनुसार प्रतिविद्यालय ३ वटा बल, १/१ वटा ब्याड र बिकेट उपलब्ध गराइएको हो । 

क्लबले १९ वर्ष मुनीको अन्तर्राष्ट्रिय क्रिकेट खेलमा छनौट भएर उत्कृष्ट प्रदर्शन गरेकी वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मुर्ली निवासी सना प्रविणलाई सम्मान पनि गरेको छ । सम्मान पत्रसहित सम्मान गर्नुका साथै क्लबका सम्पुर्ण सदस्यहरुलाई पनि एक कार्यक्रमका बिच प्रसंशा पत्र प्रदान गरिएको छ । 

कार्यक्रममा पर्साका बरिष्ठ प्रशिक्षक उज्जवल उपाध्याय, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुब दहाल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्ल, वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक डिल्लीराज सापकोटा लगायतको उपस्थिती रहेको थियो । 

Advertise: Advertise:

Related posts

Leave a Comment