Rato Pana
समाचार

ई–रिक्सा अनियन्त्रित भइ दुर्घटना हुँदा १८ महिने एक बालकको मृत्यु

वीरगन्ज । सवारी दुर्घटनामा परि १८ महिने एक बालकको मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर स्थित नगरसभागृह नजिकै मंगलबार दिउँसो ना. १ ह ३७४० नम्बरको ई–रिक्सा अनियन्त्रित भएर दुर्घटना हुँदा आदर्शनगरकै राजीव कुमार मालीका छोरा १८ महिने ऋषभ मालीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ऋषभको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।

दुर्घटनामा परेको ई–रिक्साका चालक वीरगन्ज–१० का ३५ वर्षीय राम सुन्दर दासलाई नियन्त्रणमा लिएर थप अनुसान्धान अगाडि बढाइएको गिरीले जानकारी दिए ।

सम्वन्धित समाचार

Leave a Comment