Categories समाचार

अतिक्रमण गरेर बनाइएका संरचना सात दिनभित्र हटाउन वीरगञ्ज महानगरको सूचना

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आदर्शनगर क्षेत्रका १० फिटे नालामाथि बनेका संरचनाहरु ७ दिन भित्र हटाउन सूचना जारी गरेको छ ।

वीरगञ्जका सबै क्षेत्रको सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएको सिढी, र्याम्प, छेकवार तथा आदर्शनगर क्षेत्रमा रहेका नाला माथि बनेका सबै संरचना हटाउन महानगरले ७ दिने सूचना जारी गरेको हो ।

Advertisement

७ दिनभित्र नहटाए महानगरले हटाउने भन्दै हटाउँदा लागेको खर्च पनि सम्बन्धित व्यक्तिबाटै असूल गर्ने पनि सूचनामा उल्लेख छ ।
सोमबार बसेको महानगरको भौतिक पूर्वाधार अतिक्रमण खाली गर्ने समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

Advertisement

अहिले महानगरपालिकाले अतिक्रमति भूमी फिर्ता ल्याउनुका साथै अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान नै चलाइरहेकाले महानगर भित्रका नाला तथा सडक, फुटपाथ अतिक्रमण गरी बनेका संरचना हटाउने निर्णय गरिएको समितिका संयोजक प्रदीप कुमार चौरसियाले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *