Categories Headlines मधेश प्रदेश राजनीति

राष्ट्रपति निर्वाचन ले मुलुक स्थायी दिशा तर्फ उन्मुख, फर्मुला मन्सुर

Advertisement

राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयाेजन संयन्त्रले मधेश प्रदेशमा आयोजना गरेकाे अभिमुखिकरण कार्यक्रममा राष्ट्रपति निर्वाचन संविधान, संघीयता र गणतन्त्रको स्थायित्व र मुलुक स्थायी दिशा तर्फ उन्मुख भएकाे नेपाली काँग्रेसका सह महामन्त्री फर्मुला मन्सुर ले बताउनु भयाे ।

Advertisement

८ दलका मधेश प्रदेश सभा का ८९ सभासद काे सहभागीता रहेकाे अभिमुखिकरण कार्यक्रममा आफ्नाे दलले नेपाली काँग्रेसका बरिस्ठ नेता एवम् पुुर्व सभामुख रामचन्द्र पाैडेल लाई मतदान गर्ने सर्वसम्मत निर्णय गरेकाे र ८ दलिय गठवन्धन का साझा उम्मेदवार भएकाे हुनाले वहाँकाे जीत सुनिश्चित भएकाे लाेसपा का वरिष्ठ नेता मा शरद सिंह भन्डारीले भन्नुभाे ।

Advertisement

मधेश प्रदेशका मुख्यमन्त्री सराेज यादवले संघियता लाई मजवुत वनाउन अावस्यक प्रहरी लगाएत निजामती कर्मचारी बिधेयक कार्यान्वय का लागि सहभागी सबै दलकाे ध्यानाकर्षण गराउनु भयाे ।

नेपाली कांग्रेस मधेश प्रदेशका सभापति एवम् दलका नेता कृष्ण प्रसाद यादवकाे सभापतित्वमा भएकाे कार्यक्रममा नेकपा एस का केन्द्रीय उपाध्यक्ष धर्म नाथ साह, जसपाका राजनीतिक सल्लाहकार सदस्य हरि नारायण यादव, जनमत पार्टीका केन्द्रीय महासचिव चन्दन सिंह लगायत अाठै दलका प्रदेश प्रमुख, प्रदेश सभा संसदीय दलका नेता प्रदेश सरकारका मन्त्रीहरूकाे सहभागी रहेकाे कार्यक्रमकाे स्वागत मन्तव्य जनमत पार्टीका महासचिव चन्दन सिंह र संचालन नेपाली काँग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठले गर्नु भएको थियाे ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *