Categories समाचार

मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा त्यसमाथि सवारको मृत्यु चालक घाइते

Advertisement

वीरगञ्ज । मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा पर्सामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

मृत्यु हुनेमा पर्साको जागरनाथपुर गाउँपालिका वडा नम्बर ५ मसिहानी निवासी ४५ वर्षीय चोकट मुखिया बिन रहेका छन् । त्यस्तै पोखरिया नगरपालिका वडा नम्बर ३ फुलरिया निवासी ३९ वर्षीय विश्वजित राउत गिरी घाइते भएका छन् ।

Advertisement

शुक्रबार राती वीरगञ्जबाट पोखरिया तर्फ जाँदै गरेको बिन र राउत सवार ना ४२ प १७५९ नम्बर मोटरसाइकल वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ सिमखरी चोकमा आफै अनियन्त्रित हुँदा दुर्घटना भएको पर्सा प्रहरीले जनाएको छ ।

Advertisement

पर्सा प्रहरीका अनुसार दुर्घटनामा परेर घाइते भएका दुवैलाई इलाका प्रहरी कार्यालय पोखरियाको सहयोगमा पोखरिया अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचार गर्ने क्रममा बिनको मृत्यु भयो भने राउतको हातमा गम्भीर चोट लागेको कारण उनलाई थप उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल ल्याइएको छ ।

बिनको शव पनि पोष्ट मार्टमका लागि नारायणी अस्पतालमा राखिएको र घटना सम्बन्धि थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *