Categories राजनीति हाइलाइट-समाचार

मधेश आन्दोलनका अगुवा समेत रहेका नेता सर्राफ गरे जनमत पार्टी प्रवेश

Advertisement

वीरगन्ज । विगत लामो समयदेखि मधेस केन्द्रित दलसँग आबद्ध भइ सक्रिय रुपमा राजनिती गर्दै आएका युवा नेता ओमप्रकाश सरार्फले लोसपा परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका छन् ।

पर्सा जिल्लाका लागि लोकप्रिय अनुहार तथा मधेश आन्दोलनका अगुवा समेत रहेका युवा नेता सर्राफ आजबाट विधिवत् रुपमा जनमत पार्टीमा प्रवेश गरेका छन् ।

Advertisement

जनमतका केन्द्रीय अध्यक्ष सिके राउतले गम्छा ओढाएर सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन् ।

Advertisement

नेता सरार्फ लोसपाका वीरगन्ज नगर अध्यक्ष समेत रहेका थिए । लोसपा परित्याग गरि जनमत प्रवेश गर्ने बारे नेता सरार्फले अहिले केही प्रतिक्रिया दिएका छैनन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *