Categories Headlines राजनीति समाचार

राष्ट्रपतिमा रामचन्द्र पाैडेल निर्वाचित, देउवा द्वारा बधाई ।

राष्ट्रपतिका लागि बिहीबार भएको निर्वाचनमा नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै रामचन्द्र पौडेल निर्वाचित भएका हुन्। पौडेलले ३३ हजार ८०२ मतभार पाएका छन्।
उनले संघतर्फ १६ हजार ९०६ र प्रदेशतर्फ १६ हजार ८९६ मतभार पाएका छन् ।
निर्वाचन आयोगका अनुसार कूल ८८२ मतदातामध्ये ८३१ मतदाताले निर्वाचनमा मतदान गरेका थिए। ३३२ संघीय संसदका सदस्यहरुमध्ये ३१३ जना र ५५० प्रदेश सभा सदस्यहरुमध्ये ५१८ जनाले मतदान गरेका हुन्।

राष्ट्रपतिको निर्वाचनमा राप्रपा, नेमकिपाका सांसदले मतदान गरेनन्। राष्ट्रपति निर्वाचनका लागि संघीय संसद र प्रदेश सभाका सांसदहरु मतदाता रहेका छन्।

Advertisement

यस पटक पनि संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ। राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुनेछ।
यसै गरि पुर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन्। राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएलगतै सामाजिक सञ्जालमार्फत देउवाले पौडेललाई बधाई दिएका हुन्।
उनले भनेका छन्, ‘राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।’
नेपालको तेस्रो राष्ट्रपतिमा पौडेल विजयी भएका हुन्। बिहीबार भएको निर्वाचनमा कांग्रेसका उम्मेदवार पौडेलले एमालेबाट उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङलाई पराजित गरेका हुन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *