Categories समाचार

रामसहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जसपाको निर्णय

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले पूर्व वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बिहिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले बारा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य यादवलाई आठ दलीय गठबन्धनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

Advertisement

पार्टी कार्यालय बालकुमारीमा दिउँसो ३ बजेदेखि बसेको बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुनसाथ उक्त निर्णय गरेको पूर्वमन्त्री तथा पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले जानकारी दिए ।

Advertisement

पार्टीको तर्फबाट संदसिय दलका नेतासमेत रहेका यादव बारा-२ बाट लगातार दोस्रो कार्यकालका लागि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव उनलाई उपराष्ट्रपति बनाएर उपनिर्वाचनमार्फत आफू बारा–२ बाट चुनाव लड्ने तयारीमा रहेको स्रोतको भनाइ छ।

आठ दलीय सत्ता गठबन्धनको भागवण्डामा उपराष्ट्रपति जसपाले पाएको छ । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *